Religious & Touristic Areas
Religious and touristic sites spread across Sunsari, Udayapur, and Dhankuta districts
Not every site is pinned yet — more are being added over time.
सुनसरी जिल्ला
1. वराहक्षेत्र धाम
नेपालका सबैभन्दा पवित्र र प्रसिद्ध धार्मिक तीर्थक्षेत्रहरूमध्ये एक, सुनसरी जिल्लाको कोशी र कोका नदीको संगमस्थलमा अवस्थित। हिन्दू मान्यताअनुसार भगवान विष्णुको वराह अवतारसँग जोडिएको यो भूमि नेपालका प्रसिद्ध चार क्षेत्रमध्ये पूर्वको पवित्र क्षेत्रका रूपमा उच्च स्थानमा राखिन्छ।
2. कोका–कौशिकी संगम
वराहक्षेत्र मन्दिर नजिकै अवस्थित यो संगम चन्द्रमा की छोरी कोको नदी र सप्तकोशी (कौशिकी) नदीको मिलनस्थल हो। यहाँ पितृहरूको उद्धारका लागि श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्परा रहेको छ ।
3. गुप्तवराह गुफा मन्दिर
चतराधामबाट वराहक्षेत्र मन्दिरतर्फ जाने मार्गमा पहाडी खोँच र जंगलको बीचमा रहेको गुफा (ओढार) मन्दिर, जुन चतरा–वराहक्षेत्र धार्मिक कोरिडोरकै सबैभन्दा रहस्यमयी र प्राचीन क्षेत्रमध्ये गनिन्छ। औलिया बाबासँग यस गुफाको गहिरो सम्बन्ध रहेको जनश्रुति छ।
4. प्राचीन हरिद्वार (चतरा धाम)
सप्तकोशी नदीको किनारमा अवस्थित नेपालकै सबैभन्दा महत्वपूर्ण तीर्थक्षेत्रहरूमध्ये एक, जसलाई भारतका हरिद्वार, प्रयागराज, उज्जैन र नासिकजस्तै कुम्भमेला लाग्ने एकमात्र पवित्र भूमिका रूपमा चिनिन्छ। हरेक १२ वर्षमा महाकुम्भ र ६ वर्षमा अर्धकुम्भ मेला आयोजना हुन्छ।
5. प्रथम जगद्गुरुपीठ
चतराधाममा अवस्थित यो पीठ नेपालको इतिहासमा पहिलोपटक स्थापित जगद्गुरुपीठ हो, जुन नेपाल राष्ट्रका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको साधनाबाट स्थापित भएको हो। वि.सं. २०६७ सालमा उहाँलाई जगद्गुरु को उपाधि प्रदान गरिएको थियो।
6. श्री राधासर्वेश्वर मन्दिर
निम्बार्क सम्प्रदाय (द्वैताद्वैत दर्शन) सँग सम्बन्धित यो मन्दिरमा राधाकृष्णको नियमित वैदिक विधिले पूजा, अर्चना र आरती हुन्छ। परिसरमा कुम्भ सरोवर, बलरामेश्वर महादेव मन्दिर र निम्बवृक्ष समेत रहेका छन्।
7. शंकराचार्य मठ
सनातन धर्म र वैदिक दर्शनको संरक्षणका लागि स्थापित पवित्र मठ, जहाँ भगवान् शिवको किरातेश्वर स्वरूप श्रीकिरातेश्वर महादेव को १०८ फुट अग्लो विशाल मूर्ति रहेको छ। महाकुम्भ र अर्धकुम्भका बेला यहाँ विभिन्न धार्मिक अनुष्ठान सञ्चालन हुन्छन्।
8. रामानन्दाचार्य सेवापीठ
वैष्णव सम्प्रदायको रामानन्द परम्परासँग सम्बन्धित यो पीठमा भगवान् श्रीराम, सीता र हनुमानजीको भक्तिलाई केन्द्रमा राखिन्छ। यहाँ विशाल पञ्चमुखी हनुमान मन्दिर र श्रीहनुमानजीको भव्य मूर्ति रहेको छ।
9. गीता ब्रह्मचिन्तन योगाश्रम
गीताको ज्ञान, ब्रह्मचिन्तन र योग साधनाका लागि स्थापित यो आश्रम सप्तकोशी नदीको किनारमा रहेकाले अत्यन्त शान्त र आध्यात्मिक छ। यहाँ भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिएको दृश्य दर्शाउने मूर्ति स्थापना गरिएको छ।
10. सप्तकौशिकी आरती स्थल
सप्तकोशी नदीको किनारमा साँझ हुने भव्य महाआरती, बनारसको गंगा आरतीको स्वरूपमा सञ्चालन गरिन्छ। एकादशी, पूर्णिमा, औंसी, संक्रान्ति जस्ता पर्वमा हजारौं दर्शनार्थी यहाँ भेला हुन्छन्।
11. श्रीराम शान्ति कुञ्ज अनाथ तथा महिला आश्रम
असहाय, अनाथ र ज्येष्ठ नागरिक महिलाहरूको सेवामा समर्पित मानवीय सेवा केन्द्र। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी आमाद्वारा स्थापित यो आश्रम मानव सेवा नै माधव सेवा हो भन्ने मूल मन्त्रलाई चरितार्थ गर्छ।
12. छोयोलुङ तासी गुम्बा
वैदिक सनातन र बौद्ध धर्मावलम्बी समुदायबीचको धार्मिक सहिष्णुता र सद्भावको प्रतीक यो सुन्दर बौद्ध गुम्बा। बुद्ध जयन्ती र ल्होसारका अवसरमा यहाँ विशेष अनुष्ठान र सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन्।
13. औलिया बाबा मठ
चतराधामकै सबैभन्दा प्राचीन र ऐतिहासिक धार्मिक मठ, पाल्पाली राजा मनमुकुन्द सेनको साधनास्थलसँग जोडिएको। हिन्दू र मुस्लिम दुवै समुदायले श्रद्धापूर्वक पूजा गर्ने यो मठ धार्मिक सहिष्णुताको उदाहरण हो।
14. छिन्नमस्ता भगवती
दश महाविद्यामध्येकी एक, प्रचण्ड चण्डिकाको रूपमा पूजिने छिन्नमस्ता भगवतीको मन्दिर चतराधामको आध्यात्मिक विविधता र शक्ति उपासनाको महत्वपूर्ण केन्द्र हो। बडा दशैं र चैते दशैंमा विशेष भीड लाग्छ।
15. मनकामना भगवती मन्दिर
मनका इच्छा पूरा गर्ने देवीको रूपमा पूजिने यो शक्तिपीठ वि.सं. २०६६ सालमा भगवतीको दिव्य दर्शनपछि उत्खनन गरी स्थापना गरिएको थियो। बडादशैं र चैतेदशैंको नवरात्रिभर विशेष पूजा हुन्छ।
16. कुम्भस्तम्भ
चतराधामलाई कुम्भ नगरी स्थापित गर्ने ५९ फुट अग्लो ऐतिहासिक स्तम्भ, वि.सं. २०५९ सालको प्रथम पिण्डेश्वर कुम्भ महोत्सवको स्मरणमा निर्माण गरिएको। स्तम्भको माथिल्लो भागमा अमृत घटको प्रतीकात्मक कलश रहेको छ।
17. दुर्वासा घाट
सप्तकोशी नदीको किनारमा रहेको यो घाट क्रोधी स्वभावका सिद्ध ऋषि दुर्वासाको साधनास्थलसँग जोडिएको मानिन्छ। हाल यो मुख्यतः दाहसंस्कार गरिने आर्यघाट का रूपमा प्रयोग हुन्छ र धार्मिक-पर्यटकीय दृष्टिले सुव्यवस्थित बनाइएको छ।
18. भवानीथान डाँडा
चतराधाम र बेलका क्षेत्रसँगै जोडिएको पहाडी शृंखलामा अवस्थित रमणीय पर्यटकीय गन्तव्य, जहाँ माता भवानीको प्राकृतिक शिलालाई शक्तिस्वरूप पूजा गरिन्छ। डाँडाबाट सप्तकोशी नदी र तराईको मनमोहक दृश्य देखिन्छ।
19. सूर्यकुण्ड
आदित्यसरोवर नामले परिचित यो कुण्ड ब्रह्मपुराणमै वर्णित छ। पौराणिक मान्यताअनुसार वराह अवतार लिई पृथ्वी उद्धार गरेपछि भगवान् विष्णुलाई सूर्यले सबैभन्दा पहिले यहीं दर्शन गरेका थिए, त्यसैले यसको नाम सूर्यकुण्ड रहन गयो।
20. कोशीपुल
मदन भण्डारी कोशीपुल नामले पनि चिनिने यो पुलले वराहक्षेत्र नगरपालिका र बेलका नगरपालिकालाई जोड्छ। पूर्वी नेपालको भूगोल, पर्यटन र अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याएको यो पुल सूर्यास्तको दृश्यका लागि पनि लोकप्रिय छ।
21. शिवजटा
धरान उपमहानगरपालिकामा अवस्थित यो क्षेत्र भगवान् शिवले गंगालाई आफ्नो जटामा बाँधेको पौराणिक कथासँग जोडिएको छ। पिण्डेश्वर मन्दिरमा चढाइने पवित्र जलको एक मुख्य स्रोत शिवजटाकै जल मानिन्छ।
22. भेडेटार
पूर्वी नेपालको रानी वा शैलुङ डाँडा भनेर चिनिने यो प्रख्यात हिल-स्टेसन समुद्री सतहबाट झन्डै १,४२० मिटर उचाइमा रहेको छ। सन् १९८० मा बेलायती राजकुमार चार्ल्स भ्रमणपछि यसको नाम चार्स पोइन्ट पनि राखिएको थियो।
23. पिण्डेश्वर
पूर्वी नेपालकै सबैभन्दा महत्वपूर्ण शिवपीठका रूपमा पूजनीय यो मन्दिर धरान उपमहानगरपालिकाको विजयपुर डाँडामा अवस्थित छ। स्कन्दपुराणअनुसार समुद्रमन्थनबाट निस्किएको अमृतको तर लाई पिण्डरूप बनाई यहाँ स्थापना गरिएको मानिन्छ।
24. दन्तकाली
नेपालका प्रमुख ५१ शक्तिपीठहरूमध्ये एक, धरानको विजयपुर डाँडामा अवस्थित यो मन्दिरमा सतीदेवीको दाँत खसेको स्थानका रूपमा भगवती कालीको पूजा गरिन्छ। बडादशैं र चैते दशैंको नवरात्रिभर देशैभरिबाट भक्तजन उर्लिन्छन्।
25. विजयपुर गढी
धरान उपमहानगरपालिकाको विजयपुर डाँडामा अवस्थित यो गढी मध्यकालमा एक शक्तिशाली राज्यको राजधानी थियो। पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको क्रममा गोर्खाली सेनाले यहाँ विजय हासिल गरेपछि पूर्वी नेपाल नेपाल राज्यको अंग बनेको थियो।
26. बुढासुब्बा
किराँत र हिन्दू संस्कृतिको साझा आस्थाको केन्द्र यो मन्दिर विजयपुर राज्यका अन्तिम शक्तिशाली किराँती मन्त्री बुद्धिकर्ण राईको समाधिस्थलमा स्थापित मानिन्छ। परिसरमा पाइने टुप्पो नभएका बाँस यसको अनौठो विशेषता हो।
27. विष्णुपादुका
नेपालको गया भनेर पनि चिनिने यो प्राचीन पितृ-तीर्थक्षेत्र धरान उपमहानगरपालिकामा अवस्थित छ। यहाँको शिलामा भगवान् विष्णुको पाउको आकृति रहेको मानिन्छ; पौष औंसीका दिन देशभरिबाट भक्तजन पिण्डदान गर्न आउँछन्।
28. रामधुनी
त्रेतायुगमा भगवान् श्रीरामचन्द्रजी वनवास जाने क्रममा गुरु विश्वामित्रसँगै यस क्षेत्रमा आएको पौराणिक मान्यता रहेको क्षेत्र, जहाँ त्यतिबेलादेखिकै अखण्ड धुनी (अग्नि) आजसम्म बलिरहेको मानिन्छ। रामनवमी र विवाह पञ्चमीमा विशाल मेला लाग्छ।
29. बोराबाध
सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा अवस्थित यो क्षेत्र सप्तकोशीको किनारमा रहेको उर्वर भूभाग हो, जुन सूर्यास्तको मनमोहक दृश्यका लागि लोकप्रिय बन्दै गएको छ। स्थानीय ग्रामीण जीवनशैलीको झलक दिने शान्त वातावरण यहाँको विशेषता हो।
30. श्रृंगी घाट
चतराधाम नजिकै सप्तकोशी नदीको किनारमा अवस्थित यो घाट प्रसिद्ध श्रृंगी ऋषि (ऋष्यशृंग)ले कठोर तपस्या गरेको भूमिसँग जोडिएको छ, जसकै आचार्यत्वमा राजा दशरथले पुत्रकामेष्टि यज्ञ गराएका थिए। हाल यो मुख्यतः आर्यघाटका रूपमा प्रयोग हुन्छ।
उदयपुर जिल्ला
31. महाङ्काली भगवती मन्दिर
उदयपुर जिल्लाको बेलका नगरपालिकामा अवस्थित यो शक्तिपीठमा महाकाली स्वरूपमा भगवतीको आराधना गरिन्छ। बडादशैं र चैतेदशैंको नवरात्रिभर यहाँ भव्य मेला लाग्छ।
धनकुटा जिल्ला
34. त्रिवेणीधाम
अरुण, तमोर र सुनकोशी — यी तीन ठूला नदीको संगमस्थल, जहाँबाट अगाडि यी नदीहरू औपचारिक रूपमा सप्तकोशी भनिन्छ। बृहत्तर बराहक्षेत्र पन्ध्र दिवसीय महायात्राको तेस्रो दिनको रात्रि विश्राम यहीं हुन्छ।
35. छिन्ताङ देवी मन्दिर
धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकामा अवस्थित यो जागृत शक्तिपीठ किराँत र हिन्दू समुदायको साझा आस्थाको केन्द्र हो। भगवती जाल्पा देवीलाई किराँती संस्कृतिमा हियारी (कुलको रक्षक) का रूपमा पनि पूजिन्छ।
36. सांगुरीगढी
धनकुटा जिल्लामा अवस्थित यो ऐतिहासिक गढी नेपाल एकीकरणको इतिहाससँग प्रत्यक्ष जोडिएको छ। चौबीसे राज्यकालमा पूर्वी पहाडको मुख्य प्रवेशद्वार (नाका) रहेको यहाँ पुराना ढुङ्गे पर्खाल र बंकरका अवशेष आजसम्म देख्न सकिन्छ।
* Sites with a photo show an image added by the committee via /admin. Sites without a photo yet show a symbolic icon instead.