Emblem of Nepal

कोशी प्रदेश सरकार

(सामाजिक विकास मन्त्रालय)

बृहत्तर बराहक्षेत्र विकास समिति

नेपालको झण्डा

शुक्रबार, भदौ ११, २०८३

कोशी प्रदेश सरकार, नेपाल

महत्वपूर्ण सूचना
मेनु

शुक्रबार, भदौ ११, २०८३

🚨 आपतकालीन सम्पर्क

३. कार्यक्षेत्र र उद्देश्य

कार्यक्षेत्र

यस समितिको कार्यक्षेत्रभित्र ८४ कोश परिधिभित्र रहेको बृहत्तर बराहक्षेत्रका विभिन्न भूभागहरू पर्दछन्, जसमा सुनसरी, उदयपुर र धनकुटा गरी तीनै जिल्लाका निम्नानुसार गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका स्थानहरू समावेश छन्:

१. सुनसरी जिल्ला

वराहक्षेत्र नगरपालिका, धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाको सम्पूर्ण क्षेत्र।

२. उदयपुर जिल्ला

बेलका नगरपालिकाको वडा नं. ३, ४, ५, ७, ८ र ९ को सम्पूर्ण क्षेत्र।

३. धनकुटा जिल्ला

सहिदभूमि गाउँपालिकाको वडा नं. १, २ र ३ तथा साँगुरीगढी गाउँपालिकाको वडा नं. ९ र १० को सम्पूर्ण क्षेत्र।

उद्देश्य

  • बृहत्तर बराहक्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने।
  • क्षेत्रको एकीकृत तथा योजनाबद्ध भौतिक पूर्वाधार विकास गर्ने।
  • तीर्थयात्री तथा पर्यटकहरूका लागि आवश्यक सुविधा, सुरक्षा र सूचना प्रणाली सुदृढ गर्ने।
  • कुम्भमेला, अर्धकुम्भमेला लगायतका ठूला धार्मिक आयोजनाहरूको सुव्यवस्थित सञ्चालन गर्ने।
  • क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने।